August 12, 2022, Friday
२०७९ श्रावण २८
1:37:26 pm

त्रिविलाई प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न प्रधानमन्त्री देउवाको आग्रह

570

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिविलाई प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न आग्रह गरेका छन् ।

शुक्रबार त्रिभुवन स्मृति भवन कीर्तिपुरमा त्रिभुवन विश्विद्यालयको ६३औँ वार्षिक दिवसको अवसरमा आयोजित वार्षिक र साधारण दुवै सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उच्च शिक्षालाई विश्व परिवेश अनुकूल बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी प्राज्ञिक कार्यक्रमलाई ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेका हुन् ।

विश्वविद्यालयका कुलपति देउवाले समाजका सबै वर्ग, समुदायले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा, सिर्जना राष्ट्र र समाजको लागि उपयोग गर्नसक्ने वातावरण निर्माणको राष्ट्रिय दायित्व रहेको बताए ।

Advertisement

प्रधानमन्त्री देउवाले उच्चशिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीलाई आफ्नै देशमा उनीहरूका रुचि र बजारको मागअनुसार शिक्षा प्राप्त गर्ने वातावरण बनाई राष्ट्रको ठूलो धनरासी जोगाउन विश्वविद्यालयका पदाधिकारी समक्ष अनुरोध गरे ।