April 18, 2024, Thursday
२०८१ बैशाख ६
1:37:26 pm

प्रदेश १ प्रमुख परशुराम खापुङद्धारा मनमोहन प्राविधिक विश्वविद्यालयको अवलोकन

10.6K

विराटनगर । प्रदेश १ का प्रमुख परशुराम खापुङले मनमोहन प्राविधिक विश्वविद्यालयको अवलोकन गरेका छन् । विश्वविद्यालयका उपकुलपति डा. शुभश्री पोखरेलले प्रमुख परशुराम खापुङलाई स्वागत गरी विश्वविद्यालबारे छोटकरीमा जानकारी गराएका थिए।

‘दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले स्थापित मनमोहन पोलिटेक्निकलाई वि.सं. २०७६ सालदेखि मात्रै विश्वविद्यालय बनाइएको हो । मेकानिकल, इन्जिनियरिङलगायत धेरै प्राविधिक शिक्षा यस विश्वविद्यालयले दिँदै आएको छ ।’, उपकुलपति डा. पोखरेलले जानकारी दिए ।

अवलोकनपश्चात खापुङले शिक्षा, स्वास्थ्य र कृषि देशको मेरुदण्ड रहेकोले यस्ता शिक्षाको धेरै भन्दा धेरै खाँचो रहेको बताए । सबैलाई दक्ष तथा शिक्षित तुल्याउने यस्ता खालका विश्वविद्यालयलाई राज्यले प्रोत्साहन गर्नुपर्ने पनि प्रदेश प्रमुखको भनाई थियो ।

Advertisement

बुढिगंगा–४, मोरङमा अवस्थित यस विश्वविद्यालय २० विगाहामा फैलिएको छ ।

कार्यक्रमका तस्वीरहरु ।