February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

कक्षा १२ को परीक्षा : जेठ १८ देखि गर्ने तयारी, भोलि बोर्ड बैठक बस्ने

1.9K

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षा आगामी जेठ १८ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले १८ गतेदेखि सञ्चालन गर्ने छलफल भएको तर आधिकारिक निर्णय नभएको जानकारी दिए।

उनका अनुसार भोलि (शुक्रबार) बोर्डको बैठक बस्ने तयारी छ। ‘भोलि बोर्ड बैठक भयो भने परीक्षा समयबारे निर्णय हुन्छ, अहिले भने छलफल मात्रै भएको हो,’ उनले भने।

आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी परीक्षा समय तोक्ने बोर्डको योजना छ। 

Advertisement