May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

महिला शिक्षाबाट बञ्चित भए देश विकासमा बाधाः राजेन्द्रकुमार राई

२०७८ फाल्गुन २४

535

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई शिक्षाबाट बञ्चित गरेमा मुलुकको विकासमा बाधा पुग्ने बताएका छन् ।

राज्यले उनीहरुलाई समान हक र समान सहभागिता दिलाउन आवश्यक नीति र कानुन बनाउनुपर्ने आवश्यकता औंल्याए । सामाजिक विकास मन्त्रालयद्वारा ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमको उद्घाटन उनले महिलाको समानुपातिक प्रतिनिधित्व थप हुनुपर्नेमा जोड दिँदै उनीहरुको सुझबुझ र श्रमबाट घरपरिवार, समाज र देशको चौतर्फी विकास हुने धारणा व्यक्त गरे । समाजमा भ्रुण हत्या जस्तो अवैध कार्य भइरहेकाले सबैले यस कार्यलाई अविलम्ब रोक्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, स्वास्थ्यमन्त्री जयराम यादवले महिलाले आफ्नो अधिकार मागेर प्राप्त नभएमा खोसेर लिनुपर्ने बताए । उपसभामुख सरस्वती पोखरेलले महिलाको संघर्षबाट स्थानीय पालिकामा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित भएको चर्चा गर्दै छोरीलाई उच्च शिक्षा अध्ययन गर्नबाट बञ्चित गराउन नहुने धारणा राखिन् । सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले राज्यको प्रत्येक संरचनामा महिलाको ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्नेमा जोड दिइन् ।

Advertisement