तेह्रथुम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट तेह्रथुम बहुप्राविधिक शिक्षालयको उद्घाटन गर्ने भएका छन् ।
अध्यक्ष ओलीले आफ्नो जम्मथलो आठराई गाउँपालिका–४ इवामा रहेको तेह्रथुम बहुप्राविधिक शिक्षालय भवनको शुक्रबार शिलान्यास गर्ने तथ भएको एमाले तेह्रथुमका अध्यक्ष तेजमान कन्दङ्वाले जानकारी दिए ।
बुधबार अध्यक्ष ओली तेह्रथुममै गएर शिलान्यास गर्ने भनिएपनि कोरोना संक्रमण देखिएकाले भर्चुअल रुपमा कार्यक्रमको मोडालिटी परिवर्तन गरिएको हो ।