June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

बैशाखमा एसइई र जेठमा १२ को परीक्षा सञ्चालन गर्ने परीक्षा बोर्डको निर्णय

2K

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । 

एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा सञ्चालन गर्ने बोर्डले निर्णय गरेको बताउदै बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी परीक्षाको तयारीमा रहन विद्यार्थीलाई आग्रह गरेका छन् । 
    
बोर्डले परीक्षा तालिका केही दिनपछि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

Advertisement