June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

त्रिविले उपप्राध्यापकको परीक्षा स्थगित गरेको भन्दै सर्वोच्चमा रिट दर्ता

2.5K

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दरखास्त आह्वान गरेको उपप्राध्यापकको परीक्षा स्थगित गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

त्रिवि सेवा आयोगले २०७७ फागुन ९ गते दरखास्त आह्वान गरेको उपप्राध्यापक पदको परीक्षा स्थगित गरेपछि दरखास्त भरेका परीक्षार्थी रमेश विष्ट र मनिता खत्रीले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

त्रिवि सेवा आयोगले गत साउन १८ गते सञ्चालन गर्नुपर्ने लिखित परीक्षा स्थगित गरेको र अहिले करारमा रहेका शिक्षकलाई स्थायी गर्ने तर आफूहरुलाई प्रतिस्पर्धाबाटै वञ्चित गर्न खोेजेको भन्दै उनीहरुले रिट दिएका हुन् ।

Advertisement