–प्रकाश दिप्साली राई
नडाहा । बराहक्षेत्र –५ कालाबन्जरस्थित सिद्धार्थ मेमोरियल बार्डिङ स्कुलमा शुक्रबार सम्पन्न भएको “राष्ट्र निर्माणमा विद्यार्थीको भूमिका“ शीर्षकको वक्तृत्वकला प्रतियोगितामा कक्षा– ८ कि रीया भण्डरी प्रथम बनेकी छिन् ।
सो स्कुलका कक्षा –६ द्वारा आयोजित माध्यमिक तहको उक्त प्रतियोगितामा कक्षा –९ कि आयुसा बस्नेत, कक्षा १० का पुजन गुरुङ र कक्षा –१० कै सुस्मिता नेपाली क्रमशः दोश्रो, तेस्रो र सान्त्वना बन्न सफल भए ।
विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्न आयोजित सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि सोही विद्यालयका सहप्रधानाध्यापक गणेश थापा रहेका थिए । प्रमुख अतिथिको मन्तव्य राख्दै उनले यति साना साना भाइ बहिनीहरुले यति बिघ्न भव्य कार्यक्रमको आयोजना गरेकोमा आफुलाई गर्व लागेको बताए ।
कक्षा –६ का सम्पुर्ण विद्यार्थीहरुलाई विद्यालयको सानको रुपमा सम्झने पनि बताए । कार्यक्रममा सोही बिद्यालयका शिक्षक दिपक राजधामीले पनि मन्तव्य राखेका थिए ।
सो प्रयोगिताका निर्णायक मन्डलमा कवि तथा शिक्षिका सबिता लिम्बु, शिक्षकहरु भरत विष्ट र मन्जु साह रहेका थिए । विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथी गणेश थापाले प्रदान गरेका थिए ।
कक्षा– ६ का बिद्यार्थीहरु प्रकृती राई र सुजल पराजुलीले सन्चान गरेका थिए । स्वागत मन्तव्य सोहि कक्षाका रितिका भट्टराईले गरेकि थिइन् भने कार्यक्रमको सभाध्यक्ष सोही कक्षाका सुदिक्षा लिम्बु रहेकि थिइन् ।