January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

सप्तकोसी बहुमुखी क्याम्पसकोे ११औँ स्थापना दिवस सम्पन्न

460

नडाहा । सुनसरीको बराहक्षेत्र–७ अवस्थित उच्च शिक्षाको केन्द्रबिन्दु सप्तकोसी क्याम्पसआको ११औँ वार्षिक उत्सव एवम् साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । क्याम्पसले बिहीबार विभिन्न कार्यक्रमको साथमा आफ्नो ११औँ वार्षिक उत्सव मनाएको हो ।

पानसमा बत्ती बालेर औपचारिक रुपमा सुरु गरिएको सो कार्यक्रममा उक्त क्याम्पसलाई अक्षयकोष खडा गर्ने शिक्षासेवीहरु कमलादेवी पौडेल र बिजय लोहोनी रिजाललाई कदर पत्र समेत प्रदान गरिएको थियो ।

यस्तै कार्यक्रममा चक्रघट्टी जेसिसद्वारा आयोजित नृत्य प्रतियोगिताका विजेता बराह राइजिङ स्कुल, बराहक्षेत्र–२, चतराले आफ्नो साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले सप्तकोसी बहुमुखी क्याम्पस बराहक्षेत्र नगरपालिकाकै सानको रुपमा रहेको बताए । साथै क्याम्पसलाई अहिलेसम्मकै नमुना कलेज बनाउने लक्ष्य रहेको र यो क्याम्पसलाई सबैतिरको केन्द्रबिन्दु बनाउन प्राविधिक शिक्षाहरु थप्दै लगिने पनि बताए ।

कार्यक्रममा बोल्दै सो क्याम्पसका क्याम्पस प्रमुख खगेन्द्र बहादुर निरौलाले सप्तकोसी बहुमुखी क्याम्पसलाई सबैको के कसरी हुन्छ ? सबैको शिक्षाको आकर्षक र केन्द्रबिन्दु बनाउने बताए । साथै उनले यस नगरपालिकामा रहेका सबै जेहेन्दार विद्यार्थीहरु तथा प्रतिभाहरुलाई खोजी–खोजी नगरपालिकाले प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु ल्याउनुपर्ने बताए ।

कार्यक्रममा दोश्रो वर्षका विद्यार्थीहरुले सो क्याम्पसको स्केच(चित्र) क्याम्पसलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य क्याम्पसका सहायक प्रमुख सुशील कोइरालाले राखेका थिए । कार्यक्रमको सन्चालन सुदिप र सन्ध्याले गरेका थिए भने सभाध्यक्ष क्याम्पस सन्चालन समितिका उपाध्यक्ष खगेन्द्र दाहाल रहेका थिए ।