January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

कक्षा १२ को परीक्षाफल प्रकाशित

500

काठमाडौं । कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज शुक्रबार प्रकाशित भएको हो ।

परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा  https://neb.ntc.net.np  लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ । एसएमएस गर्नका लागि NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ । यस्तै, आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।

कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएकोमा आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर आजै नतिजा आजै सार्वजनिक गर्नेबारे निर्णय गरेको हो ।

Advertisement

परीक्षामा मुलुक भरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।