May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

सप्तरीका विद्यालय सञ्चालनको तयारी

2.5K

राजविराज– कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका सप्तरीका विद्यालय सञ्चालनको तयारी गरिएको छ। स्वास्थ्य मापदण्डको पालना गरी १८वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु गरिएको हो।

जिल्ला समवन्य समितिमा बसेको स्थानीय तहका प्रमुखको बैठकले विद्यालय सञ्चालनबारे छलफल गरेको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए। छलफलमा जिल्लामा हाल कोरोना महामारीको संख्या न्यून देखिएकाले विद्यालय सञ्चालन गर्नेबारे गहनरूपमा बहस भएको जनाउँदै उनले स्वास्थ्य मापदण्डको पालना गरी तत्काल  विद्यालय सञ्चालन गर्न सकिने बताए।

स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमै विद्यालय सञ्चालन गर्ने गरी छलफल भइरहेको सहभागीले बताएका छन्। कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जिल्लामा संक्रमणदर घट्दै गएपछि सञ्चालनको तयारी थालिएको जनाइएको छ। लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठन पूर्णरूपले प्रभावित भएको छ।

Advertisement

विद्यालय बन्दका कारण बालबालिका घरमा पनि पढाइ लेखाइ बन्द गरेर बसेकाले उनीहरुको भविष्य अन्धकारतर्फ गइरहेको अभिभावकको गुनासो छ।