June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

एसईई र कक्षा १२ को परीक्षामा अन्योल– कार्यदलले आज प्रतिवेदन बुझाउँदै

195

भक्तपुर– कोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) शुरु हुन्थ्योे। देशव्यापी रुपमा कोरोना महामारीको दोश्रो लहर फैलिएसँगै जारी भएको निषेधाज्ञा र भाइरसको प्रकोप बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख २७ गते अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेसँगै परीक्षाको अन्योल छाएको छ। परीक्षाको अन्योल र महामारीको प्रकोपका कारण एसइई परीक्षाका लागि तयारी गरेका विद्यार्थीहरुमा मानसिक असर पर्न सक्ने त्रास पनि बढेको छ।

एकातिर अब परीक्षा कहिले हुन्छ भनेर चिन्ता र अर्कोतर्फ कोरोना सङ्क्रमणबाट कसरी बच्ने भन्ने चिन्ताले परीक्षाको तयारीमा रहेका विद्यार्थी तनाबबाट गुज्रनु परेको बताउछिन् मध्यपुर थिमि नगरपालिका–४ राधेरोधेकी एलिशा श्रेष्ठ।

एसइईको भन्दा कोरोना भाइरसको त्रास बढी रहेको उनको भनाइ छ। परीक्षाको तयारी गर्दै नियमित अनलाइन कक्षामा बस्दै अएकी उनलाई अब परीक्षा कहिले होला, कसरी होला भन्ने चिन्ता त छदैछ, त्यसमाथि कोरोना सङ्क्रमणबाट कसरी बच्ने भन्ने चिन्ता लागिरहेको बताउँछिन्।

आफ्नै छिमेकीमा रहेकी अस्मिता थापालाई कोरोना सङ्कंमणले गाह्रो पारेपछि एलिसालाई समेत मनोबैज्ञानिक असर परेको छ। एउटै विद्यालयमा अध्ययनरत साथीलाई केहीदिन अगाडि कोरोना सङ्क्रमणले उनको अनलाइन कक्षा त छुट्यो र निकै सास्ती भएको उनलाई थाहा छ। 

अस्मिता भन्छिन्, “कोरोनासङ्क्रमण भइहाल्यो, पढाई पनि छुट्यो, मलाई निकै कमजोर बनाएको छ, यहीबीचमा परीक्षा भयो भने कसरी दिने भन्ने चिन्ता धेरै छ, हामीले खोप पनि पाएका छैनौँ, खोइ कसरी बाच्ने र परीक्षा दिने जस्तो भयो।” बाबुलाई सङ्क्रमण पुष्टि भएको दुई दिनपछि ज्वरो आएको उनलाई पनि भाइरसले आक्रमण गर्यो। 

यतिखेर विद्यालयका प्रिन्सिपल, शिक्षक, शिक्षिकादेखि परीक्षाको तयारीमा रहेका धेरै विद्यार्थीहरुलाई कोरोना सङ्क्रमण भएको प्याब्सनको भनाइ छ। भक्तपुरमा मात्रै ९२ प्याब्सनसँग आवद्ध भएका शिक्षक, कर्मचारीलाई सङ्क्रमणभएको बताउँछन् प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्र अधिकारी।

देशको यो विषम परिस्थितिमा कसरी परीक्षा हुन्छ भन्ने चिन्ता आम विद्यार्थीमा रहेको र अनलाइन परीक्षा लिदा पनि अगाडि नै प्रश्नपत्र बाहिरिने खतरा रहेको उनी बताउँछन्। प्याब्सन अध्यक्ष एवं भक्तपुर निष्टका प्रिन्सिपल अधिकारीले परीक्षा कसरी हुन्छ भनेर अभिभवाक र विद्यार्थीले चिन्ता व्यक्त गरिरहेको बताउँछन्। 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अहिलेको अवस्थामा विद्यार्थीहरु भौतिक रुपमा उपस्थित भएर परीक्षा सञ्चालन गर्ने अबस्था नभएको बताए।