April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै विद्यार्थीहरू आन्दोलित

3.9K

काठमाडौं- कोभिड-१९ का कारण गत वर्ष चीनबाट फर्केका एमबिबिएस अध्ययनरत विद्यार्थीहरूले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन्। 

चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५२ जना विद्यार्थीहरूले आफ्नो इन्टर्नसिप पूरा नभएको र तत्काल चीन फर्कन पाउने कुनै सम्भावना नदेखिपछि इन्टर्नसिप सुनिश्चितताको माग गर्दै काउन्सिल अगाडि धर्ना दिएका हुन्। 

विद्यार्थीहरूले ६ महिना अगाडि नै चिकित्सा शिक्षा आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाइएको तर कुनै सम्बोधन नभएकाले आफूहरू समस्यामा परेको बताएका छन्। 

Advertisement