September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

जेठमा एसईई परीक्षा हुने

1.7K

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्रलाई जेठसम्म लम्ब्याउने तयारी गरेको छ । मन्त्रिपरिषद्ले गत सोमबार केन्द्रबाटै एसईई र शिक्षा नियमावली संशोधन गरेर शैक्षिक सत्र कायम गर्न स्वीकृति दिएको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार शैक्षिक सत्र लम्ब्याउने तयारी थालिएको हो ।अब जेठमा एसईई परीक्षा गर्ने गरि तयारी अगाडि बढाइएकाे छ ।

शैक्षिक सत्र र विद्यार्थी स्थानान्तरणको विषयमा नियमावली संशोधन गरी एकैचोटि टुंगो लाग्ने छ । एसईई परीक्षा, शैक्षिक सत्रलगायत विषयमा रहेको अन्योल अन्त्य हुने भएको छ । एसईई परीक्षा कहिले सञ्चालन गर्ने भन्ने विषयमा भने राष्ट्रिय परीक्षा बोर्डले निर्णयसहित समयतालिका प्रकाशित गर्नेछ । शिक्षा मन्त्रालयले कोरोनाले प्रभावित विद्यार्थीलाई विद्यालय परिवर्तन गर्न लचिलो व्यवस्था गर्न लागेको छ । कक्षा १० मा विद्यालय स्थानान्तरण गर्न चाहने विद्यार्थीका लागि नियमावली संशोधन गरेर सजिलो व्यवस्था गरिने भएको छ ।

परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आवेदन संकलन गरिरहेको छ । परीक्षाका लागि आवेदन दिने म्याद फागुन ६ गतेसम्म तोकिएको छ । कोरोनाका कारण कक्षा ९ मा पढेभन्दा फरक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई सोही विद्यालयबाट एसईईमा सहभागी हुन पाउने व्यवस्था गर्न लागिएको हो ।

Advertisement