July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

१० लाख बढी मूल्यको प्रतिबन्धित औषधी बरामद

440

विराटनगर । मोरङ विराटनगर–५ स्थित न्यूरो अस्पताल नजिकमा रहेको एक घरबाट नेपालमा प्रतिबन्धित गरिएको १० लाख भन्दा बढी मूल्य पर्ने औषधी प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विशेष सुराकका आधारमा सोमबार साँझ साढे ६ बजे रामप्रसाद साहको घरबाट उक्त औषधि बरामद गरेको हो । उक्त घरमा डेरा गरी बस्ने विकाश मण्डल र उनको भाई बिक्रम मण्डलको कोठा खानतलासी गर्दा ७९ ब्राण्डका प्रतिबन्धीत औषधि बरामद भएको प्रहरीको भनाइ छ ।

बरामद औषधिहरु आइएनजे एमिडोन, आइएनजे पारासिटामोल, आइएनजे डेजरिमलगायतका ७९ ब्राण्डका रहेका छन् । बरामद औषधिको मूल्य १० लाख ३ हजार १ सय ८० रुपैयाँ बराबरको हुने प्रहरीको दाबी छ ।

प्रहरीले सोही कोठाबाट औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर बनाउने कलर प्रिन्टर पनि बरामद गरेको छ भने कोठामा रहेका विक्रम मण्डललाई नियन्त्रणमा लिएको छ । यसरी बरामद गरिएको औषधी र पक्राउ परेका विक्रम मण्डललाई आवश्यक कारबाहीका लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाउने प्रहरीले जनाएको छ ।