July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

घटनास्थलकाे निरीक्षण गर्न डिआइजी सुवेदी बैतडीमा

395

बैतडी: बैतडीको दोगडाकेदार–७ मा भएको हत्याको निरीक्षण गर्न सुदूरपश्चिम प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदी घटनास्थल पुगेका छन् । चुडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धान सुपरीवेक्षणका लागि सुवेदी त्यहाँ पुगेका हुन् ।

प्रदेश प्रहरीका वरिष्ठ उपरीक्षक मुकेश सिंहका अनुसार सुवेदी आइतबार बिहानै त्यसतर्फ गएका हुन् । घटनाको छानविनका लागि शुक्रबारै प्रदेशका एसएसपी जनकराज पाण्डेलाई खटाइसकेका छन् । साथै, प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पनि खटाइसकेको छ ।

कञ्चनपुरको निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि खटिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु नेतृत्वको टोलीलाई बैतडी पठाइएको हो । सनातन धर्म माध्यमिक विद्यालयमा पढ्न गएकी भागरथी बुधबार साँझसम्म घर नफर्किएपछि खोजी सुरु गरिएको थियो । बिहीबार बिहान उनको शव लबलेक सामुदायिक वनमा भेटिएको थियो । अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार झाडी माडिएको र घिसारिए र मृतकको शरीरमा चोट भएकाले बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।