November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

गोली प्रहार गरी आफ्नै छोरीको हत्या गरेका धनसिंहले घरमा आगजनी गरे

3K

डडेल्धुरा– बैतडीको पुर्चौंडी नगरपालिका–१० महरागाउँका धनसिंह धामीले आफ्नै छोरीलाई गोली प्रहार गरेर हत्या गरेका छन्।

शनिबार दिउँसो २० बर्षीया छोरी बेलमति महरा धामीमाथि गोली प्रहार गरी हत्या गरेका महरा भने फरार छन्। उनी जंगलतिर भागेको स्थानीयलाई उदृत गर्दै पुरघाट प्रहरी चौकीले जनाएको छ।

हतियारसहित भागेका महराले राति आएर आफ्नै पुरानो घरमा आगजनी समेत गरेका छन्।

Advertisement

घटनास्थलमा पुगेपनि महरालाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।