November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मोरङको उर्लाबारीमा १८५ राउण्ड गोली भेटियो

2.9K

काठमाडौं- मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझार बस्ने दलबहादुर लिम्बूको खेतबारीमा १८५ राउण्ड गोली भेटिएको छ। भेटिएका गोली ७.६ एमएम पेस्तोलको रहेको प्रहरीले जनाएको छ।

लिम्बूले खेतबारी खन्ने क्रममा प्लाष्टिकभित्र पोको पारी माटोमुनि गाडेको बेवारिसे अवस्थामा उक्त गोली फेला परेको हो। जसलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले बरामद गरेको छ।

गोली के उद्देश्यले कसले राखेको हो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ।

Advertisement