काठमाडौं– काठमाडौंको गोंगबुमा अज्ञात समूहले बिहीबार बिहान ट्याक्सीमा आगजनी गरेका छन्। बिहानै आएको एक समूहले ट्याक्सीमाथि आगजनी गरेको महानगरीय प्रहरी महशाखाका वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए।
बिहीबार बिहान प्रदेश ३.०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको सिंहले जानकारी दिए। उक्त ट्याक्सी पूर्ण रूपमा क्षतिग्रस्त भएको उनले जनाए।