November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

३ किलो पोल्याण्डसहित गौरीघाटबाट ४ जना पक्राउ

4.7K

काठमाडौं- लागूऔषध पोल्याण्ड (तयारी गाँजा) ३ किलोसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

मोरङको उर्लाबारी घर भई काठमाडौं गौरीघाट बस्ने ४० वर्षीय अम्मर बर्देवा, धादिङ गल्छीका ३१ वर्षीय राजु अधिकारी, सिन्धुलीको बेलवारीका २३ वर्षीया सबिना कार्की र मकवानपुरका ४२ वर्षीय कालु गोले पक्राउ परेका हुन्।

गौरीघाटमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो। ३ किलो पोल्याण्डसहित २० हजार २ सय ५० नगद, १ वटा मोटरसाइकल र ५ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। 

Advertisement