November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

११ किलो गाँजासहित अटो चालक पक्राउ

2.2K

काठमाडौं- ११ किलो गाँजासहित अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ।

ना २ ह ४१०९ नम्बरको अटोका चालक पर्साको सखुवा पर्सानी गाउँपालिका-२ का ४१ वर्षीय राजेन्द्र बहादुर दमाईलाई ११ किलो गाँजासहित पक्राउ गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हटौँडा-१९ नेवारपानीस्थित पूर्वपश्चिम राजमार्गबाट दमाई गएराती पक्राउ परेका हुन्।

Advertisement

चालक बस्ने सिटमुनि लुकाएर राखेको ११ किलो गाँजा, ६७ हजार रुपैयाँ र २५ सय भारतीय रूपयाँसमेत बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ।