November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नुवाकोटमा नेकपा दुई गुटबीच झडप

2.9K

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाको दुई समूहबीच नुवाकोटमा झडप भएको छ।  

प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री इश्वर पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझी नुवाकोट गएका छन्। 

आफ्नो समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न नुवाकोट पुगेको उपप्रधानमन्त्री पोखरेलको प्रचण्ड माधव समूहका कार्यकर्ताले गाडीमा तोडफोड भएको छ। 

Advertisement

दुई समूहबीच केही विवाद भएको भएपनि अहिले अवस्था सामान्य भइसकेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए।