November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

डेरामा बस्ने किशाेरीलाई बलात्कार प्रयास गर्ने घरबेटी पक्राउ

2.2K

कञ्चनपुर – कञ्चनपुरमा डेरा गरी बस्दै आएकी किशोरीमाथि बलात्कार प्रयासको आरोपमा एक जना घरबेटी पक्राउ परेका छन्।भीमदत्त नगरपालिका वडा नम्बर ३ भाँसीका ४८ वर्षीय घरबेटी पुष्पराज जोशीलाई प्रहरीले पक्राउ गरेको छ।उनले आफ्नै घरमा डेरा गरी बसेकी १७ वर्षिया किशोरीलाई बलात्कार प्रयास गरेको आरोप छ।

किशोरीले दिएको किटानी जाहेरीका आधारमा मंगलबार जोशीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।किशोरीको भाइ कोठामा नभएको बेला माघ १२ गते राती जोशीले किशोरीमाथि बलात्कार प्रयास गरेको किटानी जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ।

Advertisement