एक थान भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–१ सेल्टुडा बस्ने ६० वर्षीय धनबहादुर ठकुराठी रहेका छन् ।
उनलाई एकथान एकनाले भरुवा बन्दुकसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी रूपालबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।