April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

चोटपटक लागेको अवस्थामा डेराभित्रै मृत भेटिइन् युवती

२०८२ फाल्गुन १३

380

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक युवती मृत फेला परेकी छन् ।

गुल्मी मुसिकोट गाउँपालिका–९ घर भई गैँडाकोट–२ मा डेरा गरी बस्दै आएकी करिब २४ वर्षीया बबिता सापकोटा सोमबार साँझ आफ्नै कोठाभित्र मृत भेटिएकी हुन् ।

प्रहरीकाअनुसार उनको शरीरमा चोटपटक समेत देखिएको छ ।

Advertisement

युवतीसँग सम्पर्क हुन नसकेको भन्दै उनका दाइले घरबेटीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गैँडाकोटमा खबर गरिएको थियो ।

स्थानीय जनप्रतिनिधि, घरबेटी र आफन्तको रोहवरमा बाहिरबाट लगाइएको ताल्चा खोलेर हेर्दा सापकोटा कोठाभित्र खाटमाथि सिरकले छोपिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धानका लागि प्रदेशस्तरीय अनुसन्धान टोली तथा कुकुरसहितको विशेष टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।