काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरभित्रका प्रहरीलाई हात लगाउने युवा पक्राउ परेका छन् । सुरक्षा प्रदान गरिरहेका प्रहरीमाथि कुटपिटमा उत्रिएका युवा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मकवानपुर ठुलदमार स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१३ चागल बस्ने रिजन श्रेष्ठ हुन् ।
त्यतिबेलै प्रहरीले पक्राउ गर्ने कोसिस गरेपनि शिवरात्रिको भीडभाडमा उम्केका श्रेष्ठ वयम्भुबाट पक्राउ परेका हुन् ।
मंगलबार मात्रै प्रहरीले सामाजिक सञ्जालमार्फत प्रहरीमाथि जाइलाग्ने युवाको खोजीमा सूचना नै जारी गरेको थियो ।




