काठमाडौं । पैदलयात्रीलाई मुक्का हान्ने कार चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पारस बम रहेका छन् ।
बमलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी पक्राउ गरी ट्राफिक कार्यालय लगिएको छ ।
उनले चप्पल कारखाना अगाडि एक पैदलयात्रीलाई गाली गर्दै मुक्का हानेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।




