काठमाडौं । उच्च अदातलबाट सफाइ पाएका पूर्वमन्त्री आफताब आलमविरुद्ध सर्वोच्च अदालतमा महान्यायाधीवक्ताको कार्यालयबाट पुनरावेदनको निवेदन पेश भएको छ । आलमविरुद्ध आइतबार पुनरावेदन दर्ता हुने स्रोतले जनाएको छ ।
इँटा भट्टामा जिउँदै मान्छे जलाएर बम विस्फोटको आरोप लागेका आलमले जिल्ला अदालतबाट दोषी ठहर गरेपनि उच्च अदातलबाट सफाइ पाएका थिए ।
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो रात २७ चैत २०६४ मा रौतहटमा भएको बम विस्फोट र त्यसमा परेर घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोप लागेका आलमसहित चारजनालाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले गत जेठ १४ गते सफाइ दिएको थियो ।
आलमले हत्या गरेको ठहर गर्दै जिल्ला अदालत रौतहटले उनीसहित चार जनालाई जन्मकैद सजाय सुनाएको थियो ।