March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

एलिनालाई अभद्र कमेन्ट गर्ने गुन्जन राई पक्राउ, मोबाइलमा भेटिए थुप्रै फेक आइडी

1.1K

काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा अशिष्ट कमेन्ट र गालीगलौज गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय गुन्जन राई रहेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको उनलाई काठमाडौं जिल्ला अदालत लगेर म्याद थप गर्ने तयारी भइरहेको जनाइएको छ ।

pinup pin up pin up pinup

आफूलाई कवि बताउने राईले गायिका चौहानको स्टेटसमा अभद्र व्यवहार गर्न पाउनुपर्छ भन्ने आसयसहित ‘कसैले अभद्र व्यवहार नगरम् है नत्र १० लाख जरिवाना माग्ला यी डङ्कीनिहरुले…’ कमेन्ट गरेको थिए । उक्त कमेन्टलाई चौहानले सार्वजनिक गरेपछि झनै निरन्तर प्रहारमा उत्रिएका थिए ।

Advertisement

राईले सामाजिक संजालमा समिक्षा अधिकारी र एलिना चौहानलाई चरित्रहिन भन्दै उनीहरुका कारण डिभोर्स र बलात्कारको बढ्ने घिनलाग्दो अभिव्यक्ति दिएका थिए । उनले लेखेका छन्– ‘प्राइभेट कुराहरुलाई चाहिनेभन्दा बेसी सार्वजनिक गरेपछि सब्ले तेस्लाई पब्लिक धुलाई हान्छ नै । त्यो पब्लिक ट्वाइलेट बन्छ नै । त्यो सार्वजनिक ट्वाइलेट भयो भनेर अब उफ्रिनु तिम्रो मुर्खता हो । समिक्षा र एलिना जस्ता चरित्रहरुको कारण अबका दिनहरुमा डिभोर्स र बलात्कार जस्ता सामाजिक विसंगतिहरु झन् बढ्दै जानेछ ।’

गायिका चौहानले यसअघि साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या गर्नेविरूद्ध उजुरी दिएकी थिइन् । त्यसमध्ये निरन्तर प्रहारमा उत्रिका राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका राईको मोबाइल बरामद गरेको छ । प्रहरी स्रोतकाअनुसार उनले १०–१२ वटा आइडी बनाएका छन् ।

राई कविता पनि लेख्ने गर्छन्। नेपाल प्रज्ञा प्रतिष्ठानले हालै आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा उनी शीर्ष २५ स्थानमा पुगेका थिए ।