November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

११ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा पाँचजना पक्राउ

745

काठमाडौं । ११ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । उनीहरूलाई शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा भोटेकोशीकै २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ छन् ।

प्रहरीकाअनुसार असार ११ गते बिहान साढे ९ बजेतिर भोटेकोशी गाउँपालिका-५ छ्याङ्दीको एक जंगलमा ११ वर्षीया बालिका मृत फेला परेकी थिइन्। कोलगाउँ बस्ने ती बालिकाको शव घरदेखि अन्दाजी ४ सय मिटर पर रहेको बारीमा फेला परेको थियो। शव फेला परेपछि एसपी रामेश्वर कार्कीको नेतृत्वमा प्रहरीको टोली खटिएको थियो।

Advertisement

अनुसन्धानका लागि काठमाडौंबाट तालिम प्राप्त कुकुरसमेत झिकाएको थियो। सबुत संकलन, सोधपुछ र तालिमप्राप्त कुकुरको सहयोगमा भएको अनुसन्धानबाट पाँचजना आरोपी रहेको खुलेको हो। प्रहरीले आरोपीको घरबाट प्रमाण फेला पारेको प्रहरीले जनाएको छ।

उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद थपेको छ।