April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

सामान्य विवाद हुँदा हत्या, आरोपी पक्राउ

705

विराटनगर । सोलुखुम्बुमा हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

जिल्लाको महाकुलुङ गाउँपालिका-२ का ४० बर्षीय प्रेम कुमार कुलुङ राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थानका २६ बर्षीय रघु कुलुङ राईलाई प्रहरीले पक्राउ गरेको हो।

mostbet

प्रहरीकाअनुसार जेठ १४ गते सामान्य वादविवादको क्रममा रघु कुलुङ राईले प्रेम कुमार कुलुङ राईलाई बाँसको भाटा र लाठ्ठीले शरीरको विभिन्न भागमा कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका उनको उपचारका क्रममा महाकुलुङ आधारभूत अस्पताल बुङमामा जेठ १६ गते मृत्यु भएको थियो ।

Advertisement

घटनामा संलग्न रघु कुलुङ राईलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको प्रहरीले जनाएको छ ।