November 17, 2025, Monday
२०८२ मंसिर १
1:37:26 pm

प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित मेडिकल संचालिका पक्राउ

1.1K

विराटनगर । प्रतिबन्धित तथा नियन्त्रित औषधीसहित मेडिकल संचालिकालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको बाह्रदशी गाँउपालिका-५ स्थित बिक्रम बिकास मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित मेडिकल संचालिका ३९ वर्षीय बन्दना पोखरेललाई प्रहरीले पक्राउ गरेको हो।

वैशाख १७ गते मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित लागूऔषधजन्य औषधीहरु बिक्री बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पसलमा चेकजाँचको क्रममा ट्रामाडोल ७ सय ९५ ट्याब्लेट, एन्टिकफ ४ सय ७० ट्याब्लेट र डाईक्लोमिन ३ हजार ९ सय ८० ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ।

Advertisement

प्रतिबन्धित तथा नियन्त्रित औषधीसहित पक्राउ परेकी उनको थप अनुसन्धान भईरहेको छ ।