इलाम । विवादका क्रममा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलामको माई नगरपालिका- ४ सिंजालीटारका ४२ बर्षीय शान्तिराम दुलाल रहेका छन् ।
प्रहरीकाअनुसार बैशाख १२ गते साँझ सामान्य बिवादका कारण दुलालले सोही स्थानकी ५२ बर्षीय भूमिका चापागाँईलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गर्दा घाईते भएकी थिइन् । उनको उपचारको क्रममा बी.एण्ड सी. अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो ।
हत्यामा संलग्न दुलाललाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरेहको प्रहरीले जनाएको छ ।