January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

लागुऔषध बोकेको भरतीय नम्बरको कार नियन्त्रणमा

1.1K

विराटनगर । लागुऔषध गाँजा बोकेको भरतीय नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको छ । कार मोरङको विराटनगर महानगरपालिका-१५ स्थितबाट नियन्त्रणमा लिएको हो ।

कार्तिक ४ गते अपरान्ह कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा नेपालबाट भारत तर्फ जाँदै गरेको BR38 AW 3776 नम्बरको कारको डिक्किमा लुकाई छिपाई राखेको अवस्थामा १ सय ३ किलोग्राम लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

mostbet

उक्त कार नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीबाट अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनएको छ ।

Advertisement