April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

बालिकालाई बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा पक्राउ

810

काठमाडौं । बालिकालाई बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–३ स्थायी घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने ४३ वर्षकी सीता गोतामे रहेकी छन् ।

प्रहरीका अनुसार गोतामेले मासिक २० हजार दिने भन्दै आफ्नो घरमा भाँडा माझ्न र सरसफाइका लागि भनेर राखेकी बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई वेश्यावृत्तिमा लगाएको बुझिएको छ। 

mostbet

बालिकालाई वेश्यावृत्तिमा लगाएर एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिने गरेको खुलेको छ। उनको घरबाट प्रहरीले कात्तिक २ गते चार जना बालिकाको उद्धार पनि गरेको थियो।

Advertisement

गोतामेलाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले पक्राउ गरेर अदालतबाट म्याद लिई मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।