April 20, 2026, Monday
२०८३ बैशाख ७
1:37:26 pm

भीरबाट खोलामा फालेर ६ वर्षीय छोराको हत्या

1.2K

बागलुङमा एक व्यक्तिले भीरबाट फालेर आफ्नो छोराको हत्या गरेक छन् ।

प्रहरीका अनुसार ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका हुन्। 

पुनले गएराति ६ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए ।

Advertisement

बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको पहरीले खोलाबाट बालकको शव बरामद गरेको थियो ।