April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

निषेधित औषधीसहित पक्राउ

955

धरान । निषेधित औषधीसहित एकजना पक्राउ परेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका-८ तीनकुने स्थितबाट ठुलो परिमाणमा निषेधित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

mostbet

प्रहरीकाअनुसार असोज २८ गते बेलुकी ७ बजे अस्थायी प्रहरी चौकी तीनकुने धरानबाट खटिएको प्रहरी टोलीले भद्रपुर‍बाट धरान तर्फ आउदै गरेको को. १ ख ७४५१ नंम्बरको बसलाई चेकजाँच गर्दा बसमा सवार रहेका मोरङ बिराटनगर महानगरपालिका-१२ का २७ वर्षीय राकेश कुमार यादवले जेब्रा झोलामा लुकाई छिपाई बोकेको निषेधित औषधी स्पास्मो १७ हजार ५ सय चक्की सहित यादवलाई पक्राउ गरेको हो ।

Advertisement

लागुऔषधसहित पक्राउ परेका यादवको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।