ताप्लेजुङ । बाम्फोक प्रहार गरी बाबुको हत्या गर्ने छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको मिरिङ्देन गाउँपालिका-१ ओख्रेका ३२ बर्षीय सुमन ओख्राबु रहेका छन् ।
उनले आफ्नै बाबुलाई बाम्फोक प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार असोज १७ गते विहीबार बिहान घरायसी वादविवादका क्रममा ५५ बर्षीय श्याम ओख्राबु लिम्बुलाई उनकै छोरा सुमन ओख्राबु लिम्बुले धारिलो हतियार बाम्फोक प्रहार गर्दा घटना स्थलमा नै मृत्यु भएको थियो ।
घटनाको जानकारी प्राप्तहुनासाथ तत्काल प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरी टोलीले बाबुको हत्यामा संलग्न छोरालाई घटनामा प्रयोग भएको बाम्फोकसहित पक्राउ गरेको छ ।
हत्यामा संलग्न रहेका लिम्बुको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान तथा कानुनी कारवाही भईरहेको प्रहरीले जनाएको छ ।




