April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

ताप्लेजुङमा पेस्तोलसहित एकजना पक्राउ

950

विराटनगर । ताप्लेजुङमा एकजना पेस्तोलसहित पक्राउ परेका छन्। जिल्लाको मिक्वाखोला गाउँपालिका-२ बाट पेस्तोल सहित एकजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार असोज १६ गते राती ९ बजे बिशेष सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले मिक्वाखोला-२ का २० बर्षीय उदय पन्थको घर/कोठा खनतलासी गर्दा सिरानी मुनी लुकाई छिपाई राखेको अवस्थामा १ थान अटोमेटिक पस्तोल बरामद भएको हो ।

पेस्तोलसहित पक्राउ परेका उनको थप अनुसन्धान तथा कानुनी कारवाही भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement