March 8, 2026, Sunday
२०८२ फाल्गुन २५
1:37:26 pm

सर्लाहीमा गोली हानी श्रीमतीको हत्या, बुबा घाइते

750

काठमाडौं । सर्लाहीमा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् भने गोली लागेर युवकको बुबा घाइते भएका छन् । सर्लाहीको हरिपूर्वा नगरपालिका ५ का धीरेन्द्र यादवले श्रीमती २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेका हुन् । 

प्रहरीका अनुसार  गएराति पौने २ बजेतिर साथीसँग मोटरसाइकल चढेर हरिपूर्वामा आएका यादवले टाउकोमा दुई राउन्ड गोली प्रहार गरेका थिए । उनीसँगै आएका साथीले मोटरसाइकल रोकेर बाटोमा बसेको र धीरेन्द्रले घरभित्र प्रवेश गरी श्रीमती चित्रलेखालाई गोली प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ।

pin up pinup

गोली प्रहारबाट चित्रलेखाको घटनास्थलमै मृत्यु हुनुका साथै गोली लागेर धीरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश राय घाइते भएका छन् । रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

Advertisement

गोली प्रहार गर्ने धीरेन्द्र साथीसँगै मोटरसाइकल चढेर फरार भएको र दुवैको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा सानो हतियार प्रयोग भएको छ । प्रहरीले घटनास्थलमा प्रयोग भएको दुई राउन्ड गोलीको खोका र एक राउन्ड मिस फायर भएको गोली बरामद गरेको छ । हतियार भने फेला परेको छैन ।

प्रहरीका अनुसार श्रीमती र बुवालाई गोली प्रहार गर्ने धीरेन्द्र एक महिनाअघि वैदेशिक रोगजारीबाट घर फर्किएका थिए । घरायसी विवाद भएपछि उनी घरबाट बाहिर बस्दै आएका थिए । घरायसी विवादका कारण घटना घटेको प्रहरीले जनाएको छ ।