November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

चिनियाँले सञ्चालन गरेको कल सेन्टरमा प्रहरीको छापा, ५ महिलासहित ५० जना पक्राउ

1K

काठमाडौं । ललितपुरको एकान्तकुनामा कल सेन्टर खोलेर अवैध कारोबारमा संलग्न रहेको आरोपमा दुई चिनियाँ नागरिक र एक फिलिपिनोसहित ५० जना पक्राउ परेका छन् ।

उक्त कल सेन्टरबाट अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको थियो ।

त्यसक्रममा २ चिनियाँ र १ फिलिपिनो नागरिकसहित ५० जनालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

Advertisement

पक्राउ परेकामध्ये पाँच जना महिला छन् । प्रहरीकाअनुसार उनीहरूले पुरै घर भाडामा लिएर कल सेन्टर सञ्चालन गरेका थिए ।

चिनियाँले सञ्चालन गरेको उक्त कल सेन्टरमार्फत् नेपालीहरूलाई आश्वासनमा पारी लगानी गर्न लगाउने र ठगी गर्ने जस्ता अवैध गतिविधि भएको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूलाई म्याद थपका लागि ललितपुर जिल्ला अदालतमा पु¥याएको प्रहरीले जनाएको छ ।

सेन्टरबाट मानिसहरूलाई लोभलालचमा पारी अवैध कारोबार गर्ने र ठगी गर्ने, क्रिप्टो करेन्सीमा लगानी गराउने जस्ता अवैध कारोबार भइरहेको बुझिएको र थप अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।