काठमाडौं । महिलाको हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ का ४० वर्षीय रामविनय महरी र सर्लाहीको बसगरिया गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–३ बसुन्धारा बस्ने २४ वर्षीय सन्तोषराम महरा रहेका छन् ।
सिरहा घर भई हाल काठमाडौँ महानगरपालिका–३ बसुन्धारा बस्दै आएकी एक महिलाको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार २० भदौमा गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित ढुङ्गाको चेपभित्र महिलाको शव भेटिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धको टोलीले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानकै क्रममा दुवैजनालाई प्रहरीले पक्राउ गरिएको हो ।
रामविनय र सन्तोषरामलाई शनिबार काठमाडौँ महानगरपालिका–३ बसुन्धारा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मृतक महिलाका आफन्तहरु अहिलेसम्म सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।