January 15, 2025, Wednesday
२०८१ माघ २
1:37:26 pm

प्राध्यापक हत्याका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

865

काठमाडौं । मीनभवनस्थित नेपाल कमर्श क्याम्पसका प्राध्यापक हत्याका फरार अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– ३२ बस्ने ३९ वर्षीय रञ्जन खड्का रहेका छन् ।

ललितपुरको इमाडोल घर भएका प्राध्यापक धर्मराज विष्टको हत्या आरोपमा फरार रहेका खड्कालाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडिबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

०६४ असार २६ गते खड्कासहितको समूहले प्राध्यापक विष्टलाई रड र इँटा प्रहार गरी घाइते बनाई बेहोस अवस्थामा छाडेर फरार भएको थियो। गम्भीर घाइते भएका प्राध्यापक विष्टको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

Advertisement

ललितपुर महानगरपालिका– २६ ढोलाहिटी बस्ने ४१ वर्षीया सोभिता थापा भन्ने सविता थापा अधिकारीको योजनामा सो समूहले प्राध्यापकको हत्या गरेको थियो। हत्यामा सविताका भाइ विनोद थापा, रञ्जन खड्का र भक्तपुरको मध्यपुर ठिमी लोकन्थली बस्ने राजीव पाण्डे संलग्न थिए।