March 13, 2026, Friday
२०८२ फाल्गुन २९
1:37:26 pm

अन्य व्यक्तिको नागरिकताबाट बैंकमा खाता खोली कसुर गर्ने व्यक्ति पक्राउ

1.1K

काठमाडौं । अन्य व्यक्तिको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोली बैंकिङ कसुर जन्य कार्य गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नं.६ घर भई हाल काठमाण्डौ चावहिल बस्ने ३४ वर्षीय ध्रुव कृष्ण शर्मा रहेका छन् ।

प्रहरीका अनुसार उनले साविक शान्तिपुर गाविस वडा नं.६ घर भएका ना.प्र.नं.२८८८१८१८ जारी मिति २०६३÷०७÷१६ र (दोस्रो प्रतिलिपि मिति २०८०÷०२÷०७) धारक बलदेव दनुवारको नाती जिवछ सिंह सुनुवारको छोरा सन्तोष सिंह दनुवारको नागरिकता दुरुपयोग गरी सन् २०२२÷०४÷०३ मा मुक्तिनाथ विकाश बैंक लिमिटेडको शाखा कार्यालय ठिमीबाट खाता खोलेका थिए ।

उनले बैंकका कर्मचरीलाई झुक्यानमा पारी आफ्नो फोटो र मोवाईल नम्बर समेत राखेर खाता खोलेका थिए । उक्त खाताबाट चेकबुक समेत निकालेर सो चेकबुकको दुरुपयोग समेत गरेको भन्ने मुक्तिनाथ विकाश बैंकले प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

उनलाई विहीबार दिउँसो ४ बजेको समयमा चावहिलबाट पक्राउ गरी थप अनुसन्धान एंव कारवाहीको लागी प्रहरी वृत्त ठिमी भक्तपुर, पठाईएकाप्रहरीले जनाएको छ ।