विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का ४५ बर्षीय वीरबहादुर बिश्वकर्माले कुटपिट गर्दा ६ वर्षीय बालकको मृत्यु भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
मृत्यु हुनेमा बराहक्षेत्र–३ का बिक्रम बि.क.को ६ बर्षीय छोरा अबि बि.क. रहेका छन् ।
प्रहरीकाअनुसार मंगलबार दिउँसो मादक पदार्थ सेवन गरेका वीरबहादुर बि.क.ले बालकले कानमा लगाएको सुनको मुन्द्री तान्ने क्रममा बालकले इन्कार गरे पश्चात बालकलाई शरीरको विभिन्न भागमा कुटपिट गरी घाइते बनाएका थिए ।
घाइते बालकको बिपि कोईला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । पक्राउ परेका बि.क.को इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आवश्यक अनुसन्धान तथा कानुनी कारवाही भईरहेको छ ।