विराटनगर । मोरङमा लागूऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका– १६ का ४४ बर्षीय शरण श्रेष्ठ रहेका छन् ।
उनलाई प्रहरीले मंगलबार दिउँसो मोरङको विराटनगर महानगरपालिका– १५ एक नम्बर ढाँटबाट लागूऔषधसहित पक्राउ गरेको हो ।
भारतबाट नेपाल तर्फ आउदै गरेका श्रेष्ठलाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान गरिरहेको जनाइएको छ ।