July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ

610

विराटनगर : लागुऔषध ब्राउन सुगरसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह पिटबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगरसहित २ जनालाई आज पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका-१५ स्थितबाट दुहवी नगरपालिका- ४ का २० बर्षीय पारस चौधरी र गौरादह नगरपालिका-२ का ३५ बर्षीय संजिव खड्कालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट २ ग्राम ५३ मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।