March 13, 2026, Friday
२०८२ फाल्गुन २९
1:37:26 pm

लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ

980

बिराटनगर । ब्राउन लागुऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका- ५ का २४ बर्षीय विवेक राई रहेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह पीटबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका- १५ बाट लागुऔषध ब्राउन सुगर राईलाई पक्राउ गरेको हो ।

सोमबार दिउँसो १२ बजे पैदल यात्री राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Advertisement

पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।