June 12, 2024, Wednesday
२०८१ जेष्ठ ३०
1:37:26 pm

प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने पक्राउ

545

विराटनगर । नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-३ का ४५ बर्षीय पन्चु पासवान रहेका छन्।

प्रहरीका अनुसार पासवानले मोरङको कटहरी गाउँपालिका-५ का राजकुमार उराउलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भनि ३ लाख ३० हजार रूपैँया नगद लिई ठगी गरेको आरोप छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Advertisement

जेष्ठ १२ गते पक्राउ परेका पासवानको ठगी कसुरमा सम्मानित मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।