June 12, 2024, Wednesday
२०८१ जेष्ठ ३०
1:37:26 pm

मोटरसाइकल चोरीमा संलग्न ७ जना पक्राउ

565

विराटनगर। मोटरसाइकल चोरीमा संलग्न ७ जना पक्राउ परेका छन् । प्रहरीले झापा र मोरङको छुट्टाछुट्टै स्थानहरुबाट मोटरसाईकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मंगलबार दिउँसो साढे १० बजे झापाको कनकाई नगरपालिका-३ र ४ स्थितमा चोरीको मोटरसाईकलहरू रहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीको टोलीले झापाको कनकाई नगरपालिका- ४ का १८ वर्षीय प्रियंक कडेल, २१ वर्षीय कृष्ण घिमिरे, १८ वर्षीय नविन बस्नेत, १५ वर्षीय बालक र कनकाई नगरपालिका-३ का १८ वर्षीय सम्रिक चुडाललाई पक्राउ गरेको हो।

उनीहरूलाई प्रदेश १-०२-०१ प ३१४६ नम्बरको केटिएम डुक, मेची ९ प ६४६१ नम्बरको डिएस् र प्रदेश ३-०२-००९ प ५२२१ नम्बरको क्रुस फायर मोटरसाईकलसहित नियन्त्रणमा लिएको हो ।

Advertisement

त्यस्तै मोरङको बिराटनगर महानगरपालिका-७ बाट प्रदेश १-०२-०४४ प ७०२९ र कोशी १८ प ८८६८ नम्बरको विभिन्न कम्पनीको मोटरसाईकल चोरीमा संलग्न भारत विहारका २० वर्षीय साजिद रजा र २८ वर्षीय एहसान सेखलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।